नेपालीको औसत प्रतिव्यक्ति आम्दानी यो वर्ष १५ सय १३ अमेरिकी डलर बराबर पुग्ने अनुमान छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आम्दानी १५ सय १६ अमेरिकी डलर पुगेको संशोधित अनुमान छ।
अहिलेको विनिमयदर अनुसार नेपालीको आैसत आम्दानी २ लाख २८ हजार हुने देखिन्छ।
नेपाली विनिमयदरका आधारमा प्रतिव्यक्ति आय बढे पनि डलरको आधारमा भने गत वर्षको तुलनामा कम छ।