अर्थ मन्त्रालयले ४ सह-सचिवको जिम्मेवारी हेरफेर गरेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंक पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ।
प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले अवकास पाएका छन्।
योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव अमृत लम्साललाई दिइएको छ।
उनी यसअघि भन्सार विभागको उप-महानिर्देशक थिए।
भन्सार विभागको उप-महासचिवको जिम्मेवारी टंक लम्साललाई दिइएको छ।
उनी यसअघि अर्थ मन्त्रालयमा थिए।
सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर अर्थमन्त्रालयमा सरूवा भएका छन्।
यसअघि मन्त्रिपरिषदको बैठकबाट अर्थका ५ सहसचिव प्रदेशमा सरूवा गरिएको थियो।