उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ।
महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै अञ्जन श्रेष्ठ अध्यक्ष बनेका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ।
महासंघको ६०औं साधारणसभा तथा निर्वाचन प्रक्रियाबाट अन्य पदाधिकारी चयन गरिएको हो।
जिल्ला तथा नगर उद्योग वाणिज्य समूहअन्तर्गत दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत र श्रेष्ठले ८० मत ल्याएका छन्।
उनीहरूसँग प्रतिस्पर्धीमा उमेश डालमिया र कल्पना गैरे थिए।
वस्तुगत समूहअन्तर्गत उपाध्यक्ष पदमा ६३ मत सहित नरेशलाल श्रेष्ठ विजयी भएका छन्।
उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाएका छन्।
एसोसिएट समूहअन्तर्गत उपाध्यक्ष पदमा १ हजार ७९ मत पाएर प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनकी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत पाइन्।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा गीता अमात्य, हिरा भट्टराई, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।
यो कार्य समितिमा १५ जना निर्वाचित हुने व्यवस्था छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत जिल्ला/नगर समूहबाट १४ जना कार्यसमिति सदस्य चयन भएका छन्।
कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन्।