नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
बिहीबार महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन्।
उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन्।
महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै श्रेष्ठ अध्यक्ष बनेका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ।
महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।