सरकारले मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमममा मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएको हो।
'करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइने छ', नीति तथा कार्यक्रममा भनिएको छ।
साथै सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी व्यवस्था अपनाउने जनाएको छ।
सरकारले वर्तमान सरकार गठनसँगै राजनीतिक स्थिरता कायम भएको दाबी गरेको छ।
साथै सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गरेको जनाएको छ।
साथै, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सार्वजनिक सेवा सुधार गरिँदैछ।