सरकारले ड्रोन, स्याटलाइटको प्रयोग गरी अवैध कृयाकलापको रियल टाइममा निगरानी गर्ने भएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रस्तुत गर्नेक्रममा उनले ड्रोन लगायतको प्रविधिको प्रयोग गर्ने बताएका हुन्।
‘ड्रोन, स्याटलाइट लगायतल आधुनिक प्रविधि मार्फत डढेलो, वन अतिक्रमण, तथा अवैध कृयाकलापको रियल टाइम निगरानी गरिनेछ,’ उनले भने।