सरकारले तराई–मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत् तथा पहाडी र हिमाली क्षेत्रमा कृषियोग्य टारहरूमा लिफ्ट प्रविधिमार्फत् सिँचाइ सुविधा सुनिश्चित गरिने बताएको छ।
सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिँचाइ प्रविधिको आधुनिकीकरण मर्मत सम्भार तथा पुनःस्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिने बताएका हुन्।
‘ठूला सिँचाइ प्रविधिको आधुनिकीकरण मर्मत सम्भार तथा पुनःस्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिनेछ। स्वचालित जल तथा मौसम केन्द्रको विकास गरी पूर्वानुमान प्रणाली सुदृढ गरिनेछ। बहुप्रकोप पूर्वसूचना प्रणालीलाई सुदृढ गरी थप विश्वसनीय बनाइने छ,’ उनले भने।