सरकारले सार्वजनिक संस्थानहरूको सुधारको लागि आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, रणनीतिक साझेदार भित्र्याउने वा सेयर बिक्री गर्ने (विनिमेष) गर्ने स्पष्ट नीति लागू गर्ने भएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
सरकारको सेयर र ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू अहिले नोक्सानमा सञ्चालन भइरहेको छन्।
यसको उचित व्यवस्थापनको लागि सरकारले स्पष्ट नीति लिने संकेत गरेको हो।