सरकारले सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गर्ने उल्लेख गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवा क्षेत्रमा रूपान्तरण गरिने समेत उल्लेख गरिएको छ।
निर्यात प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, बजार विविधीकरण, एकीकृत व्यापार रणनीति, औद्योगिक लजिष्टिङ गुरूयोजना कार्यान्वयन गरिने उल्लेख गरिएको छ।