सरकारले डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर, सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाउने बताएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक योजना घोषणा गर्ने, सफ्टवेयर, डिजिटल सेवा, साइबर सेवा र हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
सरकारले जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगीकरणलाई आर्थिक रूपान्तरण सहित सूचना प्रविधिमा आधारित सेवा निर्यातलाई प्रमूख आधार क्षेत्र मानेको छ।