सरकारले एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने योजना अघि सारेको छ।
सोमबार २०८३/८४ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने बताएका हुन्।
तीन तहबाटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट लागु गरिने उनले बताए।
'अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनर्स्थापना सेवाको व्यवस्था गरिने छ,' उनले भने।