सरकारले प्रवासी नेपालीको पुँजी, सीप भित्र्याउन डायस्पोरा विज्ञ सञ्जाल बनाउने र ज्ञान बैंक स्थापना गर्ने उल्लेख गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो नीति लिइएको बताएका हुन्।
त्यस्तै, गैरआवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच र लोकतान्त्रिक अधिकार सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गर्ने उल्लेख गरेको छ।