सरकारले पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरेर मिसन मोडमा कार्यान्वयन गर्ने भएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो नीति लिइएको बताएका हुन्।
त्यस्तै, ठूला आयोजना समयमै सम्पन्न गर्न सरकारले सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ मापदण्डको प्रभावकारी रूपमा रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, सडक, रेल, रोपवे र हवाई यातायात समेट्न एकीकृत राष्ट्रिय यातायात गुरूयोजना तयार गरिने भएको छ।