सरकारले कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गर्दै पुनर्स्थापनामुखी दृष्टिकोण अवलम्बन गर्ने नीति लिएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कैदीबन्दीको सुधार, सीप विकास र समाजमा पुनर्स्थापनालाई केन्द्रमा राखेर कारागार व्यवस्थापन गरिने बताएका हुन्।
सरकारले मानव अधिकारमैत्री तथा सुधारमुखी कारागार प्रणाली विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ।