विपन्न नागरिक उपचारमा वार्षिक ४ अर्ब ५९ करोड खर्च नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत एक वर्षमा ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रूपैयाँ खर्च भएको देखिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार मुटु रोगी ८ हजार ४१०, मृगौला रोगी १२ हजार ७३, क्यान्सर रोगी २८ हजार ६७८, पार्किन्सन रोग १०८, अल्जाइमर्स ४४, स्पाइनल इन्जुरी १ हजार २५३, हेड इन्जुरी ९८० र सिकलसेल एनिमिया २ हजार ३१ गरी कुल ५३ हजार ५७७ बिरामीको उपचार गरिएको छ।
यो कार्यक्रमअन्तर्गत १३६ स्वास्थ्य संस्थालाई उक्त रकम शोधभर्ना गरिएको हो।
विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० अनुसार ८ प्रकारका रोगको उपचारमा आर्थिक सहयोग दिने व्यवस्था छ।
तर महालेखाले यस्ता कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रमसँग आबद्ध गरी एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ।