नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको लागि महासंघको कार्यसमिति भित्र आज (शक्रबार) मतदान गरिएको थियो।
वैद्य ५६ मतका साथ विजयी भएका छन्। अर्का उम्मेदवार रामचन्द्र संघईले भने ३० मत ल्याएका छन्।
त्यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मतका साथ विजयी भएका छन्।
प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत प्राप्त गरेका थिए।