सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार क्षेत्रका सूचकहरूमा सुधार देखिएको जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार यस वर्ष थप १ हजार ५७० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
२०८२ फागुनसम्म देशको कुल विद्युत जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ भने विद्युत पहुँच ९९ प्रतिशत जनसंख्यामा विस्तार भएको सरकारको दाबी छ।
त्यस्तै, सडक पूर्वाधारतर्फ २५ हजार ५५२ किलोमिटर सडक कालोपत्र भएको छ।
मुलुकभरको कुल सडक सञ्जाल भने १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको सर्वेक्षणमा उल्लेख छ।
पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ।
सन् २०२५ मा प्रतिपर्यटक औसत बसाइ अवधि १६.३४ दिन पुगेको अर्थमन्त्रीले बताएका छन्।