सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा सामाजिक तथा मानव विकास सूचकहरूमा सुधार देखिएको जनाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार नेपालले मानव विकास सूचकांक (एचडिआइ) ०.६२२ पुगेको छ।
त्यस्तै, औसत आयु ७१.३ वर्ष पुगेको छ भने प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु दर १५१ मा झरेको छ।
प्रति हजार जीवित जन्ममा बाल मृत्युदर पनि घट्दै ३३ मा पुगेको सरकारको भनाइ छ।
शिक्षा क्षेत्रमा आधारभूत तहको भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।
स्वास्थ्य बीमामा २१ लाख ४९ हजार नागरिक आवद्ध भएका छन् भने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३६ लाख ४२ हजार पुगेको छ।
यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५१ हजार व्यक्ति आवद्ध भएको सर्वेक्षणमा उल्लेख छ।