सरकारले उठाउने राजस्वमा आयातमा आधारिक राजस्वको हिस्सा बढेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु वर्षको फागुनसम्म उठेको राजस्वमा आयातित वस्तुको योगदान अर्थात आयातमा आधारित कर ४७.१ प्रतिशत पुगेको छ।
जबकि अघिल्लो वर्ष यस्तो हिस्सा ४४.९ प्रतिशत रहेको थियो।
आन्तरिक राजस्वको हिस्सा घटेको छ।
फागुनसम्म आन्तरिक राजस्वको हिस्सा ५२.९९ प्रतिशत छ।
जबकि गत वर्ष ५५.१ प्रतिशत रहेको थियो।
यसले आयतमा राजस्वको दर बढेको तथा आयातमा धेरै भएको तर आन्तरिक उत्पादनमा राजस्व घटेको वा आन्तरिक उत्पादनमा कमी आएको संकेत गर्छ।