चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा समग्र सडकको लम्बाइ ५८० किलोमिटरले विस्तार भएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ असारसम्म समग्र सडक ३६ हजार २२६ किलोमिटर रहेको थियो। फागुनसम्म आइपुग्दा ३६ हजार ८०६ किलोमिटर पुगेको हो।
कालोपत्रे गरिएको सडक २४ हजार ४३ किलोमिटरबाट बढेर २४ हजार ४५६ किलोमिटर पुगेको छ।
ग्राबेल गरिएको सडक ७ हजार ५११ किलोमिटरबाट बढेर ७ हजार ६०२ किलोमिटर पुगेको छ।
कच्ची मात्रै रहेको सडक ८ हजार ६७२ बाट बढेर ८ हजार ७४८ किलोमिटर पुगेको छ।