चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म राष्ट्रिय परिचयपत्र वितरण ४० लाख ३३ हजारभन्दा बढी पुगेको छ।
सरकारले हालसम्म ७५ लाख ८१ हजारभन्दा बढी स्मार्ट कार्ड छपाई गरेको जनाएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हालसम्म २ करोड १३ हजारभन्दा बढी नागरिकको वैयक्तिक तथा जैविक विवरण सङ्कलन गरिएको जानकारी दिएका छन्।
सरकारका अनुसार राष्ट्रिय परिचयपत्र प्रणालीलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा प्रणाली र कर्जा सूचना केन्द्रसहित १२ वटा निकायसँग अन्तरआवद्ध गरिएको छ।
विवरण अनुसार हालसम्म ७५ लाख ८१ हजारभन्दा बढी कार्ड छपाई भए पनि ४० लाख ३३ हजार मात्र वितरण भएको छ।
बाँकी कार्ड वितरण प्रक्रियामा रहेका छन्।