सरकारसँग १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात
काठमाडौं,जेठ १३
सरकारले एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी गराएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले प्रतिनिधिसभामा सांसदहरूले राखेको सवालमा जवाफ दिने क्रममा यो जानकारी गराएकी हुन्। उनुका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ । यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको जानकारी गराइएको छ।
नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको हो।
चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ।