अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै जनताको जीवनस्तर विस्तारलाई तत्कालीन उद्देश्यका रूपमा लिइएको बताएका छन्।
उनले यो प्रक्रिया संवैधानिक औपचारिकता मात्र नभई राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप निर्धारण गर्ने दायित्वका रूपमा लिइएको उल्लेख गरेका छन्।
उनका अनुसार स्वदेश र विदेशमा रहेका नेपालीले उत्पादनमुखी अर्थतन्त्रतर्फ परिवर्तनको अपेक्षा राखेका छन्।
यसैगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रविधिमैत्री अर्थतन्त्रका लागि यो बजेट विश्वासिलो आधार बन्ने अपेक्षा गरिएको बताएका छन्।