अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर प्रणालीमा व्यापक परिवर्तन गरिएको बताएका छन्।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ।
११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ।
यस्तै, ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ।
हाल १,११२ भन्दा बढी वस्तुमा लाग्दै आएको व्यवस्था परिमार्जन गरिएको छ।
पूर्वाधार कर र सडक दस्तुरलाई हरित करअन्तर्गत समावेश गरिएको छ।