अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने व्यवस्था गरिएको बताएका छन्।
यसअघि शेयर वा सम्पत्ति बिक्रीबाट प्राप्त नाफामा पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको थियो।
नेपालमा विशेषगरी शेयर कारोबारमा ब्रोकरमार्फत स्रोतमा कर कट्टी हुने प्रणाली लागू छ।
तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो।