सरकारले विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई आवास प्रयोजनका लागि अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखाले आवास प्रयोजनका लागि कुल इकाइको २५ प्रतिशतभन्दा नबढ्ने गरी अपार्टमेन्ट लिजमा लिन सक्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।
यो सुविधा आवास क्षेत्रका भवन वा सरकारद्वारा तोकिएका स्थानमा लागू हुने व्यवस्था गरिएको उनले बताएका छन्।