अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न कम्पनी मोडलमा रूपान्तरण गरिने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उनले निगमको सेवा र सञ्चालनलाई प्रभावकारी बनाउन व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाइने जानकारी दिए।
अर्थमन्त्री वाग्लेले निगमका लागि उपयुक्त रणनीतिक साझेदारीको मोडेल समेत पहिचान गरिने बताएका छन्।
उनका अनुसार निगमलाई प्रतिस्पर्धी, व्यवस्थित र दिगो बनाउन आवश्यक सुधारका कार्यक्रम लागू गरिनेछ।