बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरेको हो।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बजेट भाषणका क्रममा संघीय सरकारसँगको समन्वयनमा यो सम्भाव्यता अध्ययन गरिने भन्दै बजेट विनियोजन गरेका हुन्।
काठमाडौं उपत्यकामा बढ्दो सहरी चाप व्यवस्थापन गर्न मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ।
उपत्यकामा दैनिक आवागमनलाई सहज बनाउन संघीय सरकारसँग सहकार्य गरिने पनि बजेटमा उल्लेख छ।
प्रदेश सरकारले मेट्रोरेल सञ्चालनको सम्भावना, मार्ग, लागत र आवश्यक पूर्वाधारबारे अध्ययन गर्ने तयारी गरेको जनाएको छ।