आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा विभिन्न कार्यालयमा कार्यरत ११ कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको छ।
उनीहरूलाई मुख्यसचिव गोविन्द कार्कीले सम्मान गरेका छन्।
विभागले कार्यसम्पादन र योगदानका आधारमा विभिन्न पद तथा कार्यालयमा कार्यरत कर्मचारीलाई उत्कृष्टका रूपमा छनोट गरेको हो।
सम्मानित हुनेमा आन्तरिक राजस्व विभागका दुई कर्मचारी छन्।
त्यस्तै, ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय जोरपाटी, दाङ, दमक, बानेश्वर, महाराजगञ्ज र लहानमा कार्यरत कर्मचारी पनि सम्मानित भएका छन्।
सम्मानित हुनेमा निर्देशक, सिनियर डिभिजनल केमिष्ट, शाखा अधिकृत, कर अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी छन्।
विभागले उत्कृष्ट ठहर गरेका ११ कर्मचारी:
१. ईश्वर प्रसाद कोइराला– सिनियर डिभिजनल केमिष्ट, आन्तरिक राजस्व विभाग
२. रामबहादुर केसी– निर्देशक, आन्तरिक राजस्व विभाग
३. राजेश पण्डित– शाखा अधिकृत, आन्तरिक राजस्व विभाग
४. मञ्जु पोख्रेल– कर अधिकृत, ठूला करदाता कार्यालय
५. छबिलाल भट्टराई– कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, जोरपाटी
६. लुटबहादुर बुढाथोकी– कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, दाङ
७. प्रदीप बराल– नायब सुब्बा, आन्तरिक राजस्व कार्यालय, दमक
८. निर्मला तिमल्सिना– नायब सुब्बा, आन्तरिक राजस्व कार्यालय, बानेश्वर
९. राजेन्द्रबहादुर बम– कम्प्युटर अपरेटर, आन्तरिक राजस्व विभाग
१०. रामबहादुर कार्की– कार्यालय सहयोगी, आन्तरिक राजस्व कार्यालय, महाराजगञ्ज
११. धर्मनाथ साह– कार्यालय सहयोगी, आन्तरिक राजस्व कार्यालय, लहान