सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघ (सिएनआई) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उद्योग व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउन र कोषमा आवद्धता विस्तारका लागि समझदारी भएको कोषले जनाएको छ।
कोषमा रोजगारदाता र श्रमिकहरूको आवद्धता बढाउन समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कोष र सिएनआई बीच सचेतनामूलक कार्यक्रम गर्ने सम्झौता समेत भएको छ।