भायानेट कम्युनिकेशनले उच्च गति, भरपर्दो र किफायती इन्टरनेट लक्षित नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ।
योजनामा १००, २०० र ३०० एमबिपिएसको इन्टरनेट उपलब्ध छ।
२०० एमबिपिएसको वार्षिक प्याकेज ११ हजार २०० (करसहित) तय गरिएको छ।
२०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक प्याकेजमा एक महिना इन्टरनेट निःशुल्क सुविधा तथा पहिला आउने ग्राहकलाई प्राथमिकता दिँदै ‘सेम डे सपाेर्ट सुविधा’
उपलब्ध गराएको छ।
जसअन्तर्गत दिउँसो ३ बजेअघिको इन्टरनेट गुनासो सोही दिन प्राथमिकतामा समाधान गरिने कम्पनीले जनाएको छ।
ग्राहक अनुभव सुधार गर्न भायानेटले सामान्यतया ३ पर्ने मेश राउटरलाई २ हजार पाँच सय रूपैयाँमा उपलब्ध गराएको छ।
कम्पनीका अनुसार नयाँ प्याकले छिटो र भरपर्दो इन्टरनेट चाहने नयाँ तथा विद्यमान दुवै ग्राहकलाई लक्षित गरेको छ।