सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपिएल) सिजनलाई लक्षित गर्दै एआई टिभीमा विशेष छुट र पुरानो साट्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीले प्रिमियम क्युएलइडी, युएचडी, एफएचडी र एचडी मोडलमा मोडलमा अधिकतम ३३ प्रतिशतसम्म छुट तथा पुरानो टिभी साट्दा ७ हजार रुपैयाँसम्म बोनस प्राप्त हुने जनाएको छ।
ग्राहकले यो अफर नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशभरका अधिकृत सामसङ स्टोरमा पाउनेछन्।
८५ इन्चसम्मका ठूला स्क्रिन, उन्नत तस्वीर गुणस्तर र स्मार्ट फिचरसहितका सामसङका एआई टिभीले घरमै उत्कृष्ट मनोरञ्जन अनुभव दिने कम्पनीको दाबी छ।
नयाँ क्युएलइडी र युएचडी मोडेलमा फोके एआई अप्स्केलिङ र सामसङ नक्स सुरक्षा प्रणाली जडान गरिएको छ।
सामसङले टी, ए, बी, सी, डी र एफ सिरिजका टिभीमा तीन वर्षसम्मको पूर्ण वारेन्टी प्रदान गर्नेछ।
साथै, हुलास फिनसर्भद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा उपलब्ध हुनेछ।
पुरानो टिभी साटेर नयाँ टिभी लिन चाहनेहरू आर्कोस्टोर वा नजिकैको सामसङ अधिकृत स्टोरमार्फत एक्सचेन्ज गर्न सक्नेछन्।