सामसुङले नेपालमा नयाँ ग्यालक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ।
सामसुङ नयाँ ट्याबलेट ग्यालक्सी ट्याब ए११ प्लस नेपाली बजारमा औपचारिक रूपमा लन्च गरेको हो। विद्यार्थी, परिवार तथा सामान्य प्रयोगकर्तालाई लक्षित यो ट्याबलेट स्मार्ट एआई फिचर र प्रिमियम मेटल फिनिश सहित आएको कम्पनीले जनाएको छ।
११-इन्चको इमर्सिभ डिस्प्ले, डलबी एटमस सपोर्ट गर्ने क्वाड स्पिकर, तथा अपग्रेडेड मल्टिटास्किङ क्षमतासहित ट्याब ए११ प्लस मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकर्ता लागि उपयुक्त मानिएको छ।
ट्याबलेटमा एआई फिचर भएकाले विद्यार्थी, क्रिएटर लगायत अन्य प्रयोगकर्ताको दैनिकी सजिलो र सहज हुनेछ।
ए सिरिजमा पहिलो पटक सामसुङले ७ जेनेरेशन वान युआई अपग्रेड र ७ वर्षका सुरक्षा अपडेट प्रदान गर्ने घोषणा गरेको छ, जसले ट्याब ए११ प्लसलाई दीर्घकालीन रूपमा सुरक्षित र भविष्यमैत्री बनाएको कम्पनीको दाबी छ।
सामसुङ नेपालका एमएक्स बिजनेश निर्देशक प्रणय रत्न स्थापीतका अनुसार, 'ग्यालक्सी ट्याब ए११प्लस' ले प्रिमियम उत्पादकता र एआई आधारित शिक्षालाई नेपालमा व्यापक बनाउन सहयोग गर्नेछ।
सामसुङले प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै शून्य-ब्याज इएमआई पनि सुरू गरेको छ। जसले उपभोक्तालाई किफायती रूपमा ट्याबलेट खरिद गर्न मद्दत गर्नेछ।
ग्यालक्सी ट्याब ए११ प्लस अब देशभरका आधिकारिक सामसुङ स्टोर तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ।
यसको मूल्य ५जी (८जिबि/२५६जिबि) को ४७ हजार नौ सय ९९ रूपैयाँ पर्नेछ। त्यस्तै वाईफाई (६जिबि/१२८ जिबि) को मूल्य ३४ हजार नौ सय ९९ पर्नेछ।