सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज—ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी—को पूर्व-अर्डर खुला गरेको छ।
यी उपकरणहरूमा अझ आकर्षक डिजाइन, स्मार्ट क्याममरा प्रणाली र उन्नत सफ्टवेयर उपकरणहरू समावेश गरिएको छ।
विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ।
ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी को पूर्व-अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ।
सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापित भन्छन्, 'नयाँ ग्यालेक्सी ए सिरिजले कृत्रिम बुद्धिमत्ता (एआई) लाई सबै प्रयोगकर्तासम्म पुर्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ। सामसङको मुख्य क्षमतासँग 'असम इन्टेलिजेन्स' थपिएपछि ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी ले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ। साथै, २४ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौं।'
मुख्य विशेषताहरूः
दैनिक जीवनका लागि असम इन्टेलिजेन्स
वन युआई ८.५ द्वारा सञ्चालित यी फोनहरूमा सामसङको उन्नत असम इन्टेलिजेन्स उपलब्ध छ।
- भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई पाठमा रूपान्तरण गर्छ।
- एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तुहरू सजिलै चयन र प्रयोग गर्न सहयोग गर्छ।
- अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन्स जस्ता उपकरणहरूले फोटो सम्पादनलाई छिटो र सहज बनाउँछन्।
- ग्यालेक्सी ए५७ फाइभजी मा बेस्ट फेस र अटो ट्रिम जस्ता विशेषता पनि छन्।
- गुगलको सर्कल टु सर्च अब बहु–वस्तु पहिचानसहित उपलब्ध छ।
- अपग्रेड गरिएको बिक्स्बी र जेमिनीले अझ प्राकृतिक संवाद सम्भव बनाउँछ।
हरेक क्षणका लागि उन्नत क्यामरा
- दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ।
- नाइटोग्राफी र सुधारिएको आइएसपीका कारण कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडिओ लिन सकिन्छ।
- ग्यालेक्सी ए५७ फाइभजी मा अझ राम्रो इमेज प्रोसेसिङ, छिटो शटर स्पिड र उच्च विवरण पाइन्छ।
आकर्षक डिजाइन र भरपर्दो प्रदर्शन
- स्लिम बेजेल र आधुनिक डिजाइनसहित यी फोनहरू उपलब्ध छन्।
- ग्यालेक्सी ए५७ फाइभजी ६.९ मिलिमिटर पातलो र हल्का छ।
- ५००० एमएएच ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिन्छ।
- सुपर एमोलेड डिस्प्ले र भिजन बुस्टरले उत्कृष्ट दृश्य अनुभव दिन्छ।
टिकाउपन र सुरक्षा
- आइपी६८ वाटर र डस्ट रेसिस्टेन्स सहित यी फोनहरू दैनिक प्रयोगका लागि टिकाउ छन्।
- ६ वर्षसम्मको सुरक्षा अपडेट र अपरेटिङ सिस्टम अपग्रेड उपलब्ध छन्।
- नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट सेयरिङ, थेफ्ट प्रोटेक्सन लगायतका सुविधा समावेश छन्।
प्रि-अर्डर आजदेखि आधिकारिक वेबसाइटमार्फत सुरू हुनेछ। सीमित समयका लागि विशेष अफरहरू पनि उपलब्ध छन्।
उपलब्धता र मूल्य
ग्यालेक्सी ए५७ फाइभजी
• १२ जिबी / २५६ जिबी – ८९ हजार ९९९ रूपैयाँ
• ८ जिबी / २५६ जिबी – ८४ हजार ९९९ रूपैयाँ
ग्यालेक्सी ए३७ फाइभजी
• १२ जिबी / २५६ जिबी – ७९,९९९ रूपैयाँ
• ८ जिबी / २५६ जिबी – ७२,९९९ रूपैयाँ
• ८ जिबी / १२८ जिबी – ६४,९९९ रूपैयाँ
प्रि-अर्डर अफरहरू
ए५७ फाइभजी (१२ जिबी) – ४ हजार रूपैयाँ बराबरको मेमोरी अपग्रेड
• ए३७ फाइभजी – २५ सय रूपैयाँ बराबरको मेमोरी अपग्रेड
• किस्ताबन्दी सुविधा (इएमआई): २४ महिनासम्म, १,७६४ रूपैयाँ प्रति महिनादेखि सुरू
सामसङले नेपालमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा थप गरेको छ, जसले ग्राहकलाई सजिलै किस्तामा खरिद गर्न मद्दत गर्छ।