अनरले आफ्नो नयाँ लाइनअप-अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी सार्वजनिक गरेको छ।
जसले शक्तिशाली प्रदर्शन, अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र आकर्षक डिजाइनलाई एकै ठाउँमा ल्याउँछ।
आफ्नो उपकरणबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ शृंखलाले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढङ्गले परिभाषित गर्छ।
यस नवप्रवर्तनको अग्रभागमा अनर म्याजिक ८ प्रो छ, जुन उत्कृष्टता चाहने प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरिएको हो।
२०० मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामराले प्रत्येक विवरणलाई अद्भुत स्पष्टतासहित कैद गर्छ।
नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर र शक्तिशाली ७१०० एमएएच ब्याट्रीले यसलाई अत्यन्तै स्मुथ प्रदर्शन र लामो समयसम्म टिक्ने ऊर्जा प्रदान गर्छ।
एआई स्क्रिन सुझाव, एआई फोटो एजेन्ट र एआई सुरक्षा सुधार जस्ता उन्नत अनर एआई सुविधाहरूले म्याजिक ८ प्रो लाई अझ स्मार्ट र सहज बनाउँछन्।
अनर म्याजिक ८ प्रो को पूर्व-बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
सीमित समयका लागि ग्राहकहरूले ३० हजार रूपैयाँ मूल्य बराबरको अनर प्याड एक्स८बी निःशुल्क प्राप्त गर्नेछन्।
यस ट्याबलेटमा ११ इन्चको अनर आई कम्फर्ट फुलभ्यु डिस्प्ले रहेको छ, जसले आकर्षक र आँखामैत्री दृश्य अनुभव प्रदान गर्छ।
१०,१०० एमएएचको ठूलो ब्याट्री र प्रिमियम मेटल बडीले यसलाई टिकाउ, स्टाइलिश र दिनभर प्रयोग गर्न उपयुक्त बनाउँछ।
स्टाइलसँगै पावर चाहनेहरूका लागि अनर एक्स८डी उत्कृष्ट विकल्प हो।
यसको अल्ट्रा–स्लिम डिजाइन र ७००० एमएएचको ठूलो ब्याट्री, ४५ वाट द्रुत चार्जिङसहित दैनिक प्रयोगका लागि उपयुक्त छ।
यसमा स्मार्ट एआई बटन दिइएको छ, जसले एआई सारांश, सर्कल टु सर्च, एआई सुपर जुम, एआई उन्नत जुम र एआई इरेजर जस्ता सुविधाहरूमा तुरुन्त पहुँच दिन्छ।
१०८ मेगापिक्सेल क्यामरा, २ मिटर ड्रप रेसिस्टेन्स र आइपी६५के वाटर रेसिस्टेन्ससहित अनर एक्स८डी तपाईंको जीवनशैलीसँग सजिलै मेल खान्छ र स्टाइलमा कुनै सम्झौता गर्दैन।
अनर एक्स८डी दुई भेरियन्टमा उपलब्ध छः
८ जिबी + १२८ जिबी – ३९ हजार ९९९ रूपैयाँ
८ जिबी + २५६ जिबी – ४३ हजार ९९९ रूपैयाँ
लन्चको अवसरमा सीमित समयका लागि प्रत्येक खरिदमा ३ हजार ९९९ रूपैयाँ मूल्य बराबरको अनर च्वाइस इयरबड्स एक्स७ई एक्टिभ निःशुल्क प्रदान गरिनेछ।
म्याजिक अफ ८ लाइनअप अहिले नेपालभरका आधिकारिक अनर स्टोरहरूमा उपलब्ध छ।