नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।
अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्।
न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा प्रतिदिन ५ जिबी डेटा उपलब्ध हुनेछ र ५ जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।
त्यसैगरी न्यू इयर प्रिमियम अन्तर्गत ६९९ रूपैयाँमा प्रतिदिन १० जिबी डेटा उपलब्ध हुनेछ र १० जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ।
आज (सोमबार) देखि आगामी वैशाख २ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*०११# डायल गर्न सकिने छ ।
त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने कम्पनीको भनाइ छ।