सामसङ नेपालले फ्ल्यागशिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ र फ्रेस 'स्काइ ब्लू' रङको ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ।
सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको स्काइ ब्लू संस्करणले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प थपेको छ।
स्काइ ब्लू भेरियन्टको आगमनले सामसङले नेपाली उपभोक्ताहरूको बदलिँदो चाहनाअनुसार स्थानीय विकल्पहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता झन् प्रष्ट बनाएको छ।
खुला आकाश र अनन्त सम्भावनाबाट प्रेरित यो नयाँ रङले आशावाद र सिर्जनशीलताको भावना बोकेको छ, जसले प्रयोगकर्तालाई आफूलाई स्वतन्त्र रूपमा व्यक्त गर्न सशक्त बनाउने ब्रान्डको दृष्टिकोणसँग उत्कृष्ट रूपमा मेल खान्छ।
ग्यालेक्सी एस२६ अल्ट्राको स्काइ ब्लू भेरियन्टसँग अब आकर्षक अफर आएको छ।
यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स४ मा ६० प्रतिशत छुट पाइनेछ।
यो अफर अप्रिल २३ देखि ३० सम्म मात्र मान्य छ। साथै, ६ हजार ४५२ रूपैयाँ प्रति महिनाबाट सुरू हुने २४ महिनासम्मको किस्ताबन्दी सुविधाले अब यो फोन किन्न झन् सजिलो बनाएको छ।
यसको आकर्षक नयाँ लुकसँगै, ग्यालेक्सी एस२६ अल्ट्राले सामसङको गुणस्तर, भरपर्दोपन र नेपालभरि उपलब्ध बिक्रीपछिको सेवाबाट समर्थित एक समग्र इकोसिस्टम अनुभव प्रदान गर्दछ।
ग्राहकहरूले किस्ताबन्दी सुविधा लगायत विभिन्न सहज खरिद विकल्पहरूको लाभ लिन सक्नेछन्, साथै अधिकृत खुद्रा साझेदारहरूमार्फत देशभर उपलब्ध हुनेछ।
ग्यालेक्सी एस२६ अल्ट्राको स्काइ ब्लू भेरियन्ट अब देशभरका सामसङका अधिकृत स्टोर र खुद्रा आउटलेटहरूमा उपलब्ध छ र आउँदा दिनहरूमा थप आकर्षक अफरहरू पनि आउनेछन्।
यो डिभाइसलाई हुलास फिनसर्भ प्रा.लि.मार्फत इन्स्टा फाइनान्सबाट अधिकतम २४ महिनासम्मको सजिलो किस्ताबन्दी सुविधामा पनि किन्न सकिन्छ।