इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एक वर्ष जोड्नुस् ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ।
यस अफरमा अब ग्राहकहरूले ३०० एमबिपिएस उच्च गतिको इन्टरनेट र आइपी टिभी जडानमा ४ वर्षसम्म आइपी टिभी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन्।
दैनिक प्रति दिनको मात्र ४० रूपैयाँको दरले मा यो अफर वार्षिक जडान गर्न सकिनेछ।
एचडी तथा एसडी प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका, खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समावेश गरिएको छ।
जसको मूल्य ५०० रूपैयाँ प्रति महिना पर्न आउने तर अफरमा लिदा भने प्रति महिना मात्र २०३ रूपैयाँ रहेको छ।
जसले गर्दा कुल ३ वर्ष टिभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रूपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार ग्राहकको तीव्र आवाश्यकतालाई मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आइपी टिभी जडानमा ३ वर्ष निःशुल्क आइपी टिभी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।