सामसङ नेपालले 'रेमिटमा बेनिफिट' नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरू गरेको घोषणा गरेको छ।
यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिटेन्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो।
रेमिटेन्स केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ।
यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिटेन्स–आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ।
यस अभियानअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
अफरहरू:
स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशत सम्म क्यासब्याक
एनसेल रिचार्जमा अधिकतम १८० जिबी बोनस डेटा
२४ महिनासम्मको किस्ताबन्दी सुविधा
यी सुविधाहरूले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यो अभियानलाई आइएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स, र त्रिवेणी व्यापार लिमिटेड जस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाएको बताइएको छ।
यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको छ।
अफर उपयोग गर्ने प्रक्रिया:
• आइएमई रेमिट मार्फत रेमिटेन्स प्राप्त गर्ने
• आइएमई कन्ट्रोल नम्बर सहित स्टोरमा जाने
• इच्छित डिभाइस छनोट गरी एचएफएल मार्फत ऋण आवेदन गर्ने
• सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिने र बोनस प्राप्त गर्ने
• खल्ती मार्फत योग्य क्यासब्याक प्राप्त गर्ने
यो अफर आइएमई रेमिट मार्फत कारोबार गर्ने रेमिटरहरू र उनीहरूका आश्रितहरूका लागि विशेष रूपमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।