भिभोले आफ्नो नयाँ स्मार्टफोन भि–७० एफई सार्वजनिक गर्ने तयारी गरेको छ।
२०० मेगापिक्सलको एआई ट्राभल पोट्रेट क्यामरासहित आउने यो फोनलाई कम्पनीले विशेषगरी फोटो खिच्न रुचि राख्ने तथा घुमफिर र सामाजिक गतिविधिमा सक्रिय प्रयोगकर्तालाई लक्षित गरेर तयार गरेको बताइएको छ।
यो फोनले यात्राका दृश्य, समूह फोटो तथा नजिकका पोट्रेटहरूलाई अझ स्पष्ट र आकर्षक रूपमा कैद गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
विभिन्न प्रकाश र वातावरणअनुसार फोटो स्वतः सुधार गर्ने कृत्रिम बौद्धिकता आधारित फिचर पनि रहने चर्चा छ, जसले सामान्य तस्बिरलाई पनि आकर्षक बनाउन मद्दत गर्नेछ।
डिजाइनका हिसाबले पनि यो फोन आकर्षक र आधुनिक शैलीमा तयार गरिएको छ।
हल्का बनावट, नयाँ रंग संयोजन र विशेष डिजाइनका कारण यो फोन व्यक्तिगत शैलीसँग सहजै मेल खाने बताइएको छ।
प्रदर्शनतर्फ पनि यो फोन लामो समयसम्म चल्ने ब्याट्री र छिटो चार्ज हुने क्षमतासहित आउने अनुमान गरिएको छ।
दिनभर सहज रूपमा प्रयोग गर्न सकिने ब्याट्री क्षमता र छिटो चार्जिङ सुविधाले प्रयोगकर्तालाई थप सहजता दिने अपेक्षा छ।
ट्राभल पोट्रेट, आधुनिक डिजाइन र शक्तिशाली क्यामरामा केन्द्रित यो फोनले बजारमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।