टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ५० ४जी नेपाली बजारमा ल्याएको छ।
भरपर्दो ब्याट्री, उत्कृष्ट मनोरञ्जन अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेका उपभोक्तालाई लक्षित यो स्मार्टफोनले शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधाहरूलाई एउटै प्याकेजमा समेटेको छ।
कम्पनीले यसलाई 'पावर पनि, स्टाइलिस पनि!' भन्ने नाराका साथ बजारमा ल्याएको हो।
स्पार्क ५० ४जी को सबैभन्दा ठूलो आकर्षण यसको विशाल ७००० मिलिएम्पियर आवर ब्याट्री हो, जसले एक दिनभन्दा बढी समयसम्म निरन्तर सेवा दिन सक्षम छ।
गेमिङ, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा वा सामाजिक सञ्जाल जुनसुकै काममा व्यस्त रहँदा पनि यो फोनले ब्याट्रीको चिन्ता गर्नु नपर्ने कम्पनीको भनाइ छ।
दैनिक व्यवहारिक प्रयोगलाई ध्यानमा राखी निर्माण गरिएको यो स्मार्टफोनमा १.८ मिटरसम्मको ड्रप रेसिस्टेन्स र आइपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ।
जसले आकस्मिक रूपमा खस्दा, पानीका छिटा तथा दैनिक प्रयोगबाट हुन सक्ने क्षतिबाट थप सुरक्षा प्रदान गर्छ।
क्यामेरातर्फ, स्पार्क ५० ४जी मा ५० मेगापिक्सेल एआई क्यामेरा प्रणाली राखिएको छ।
यसले विभिन्न प्रकाश अवस्थामा पनि तस्बिरको गुणस्तर बुद्धिमत्तापूर्वक सुधार गर्दै स्पष्ट पोर्ट्रेट र जीवन्त रङ कैद गर्न सहयोग गर्छ।
साथै, ६.७८ इन्चको १२० हर्ज डिस्प्लेले गेमिङ, भिडियो हेर्ने तथा सामाजिक सञ्जाल ब्राउज गर्दा अझ स्मुथ र इमर्सिभ दृश्य अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
अडिओ अनुभवका लागि डिटिएस प्रविधिद्वारा सञ्चालित स्टेरियो ड्युअल स्पिकर राखिएको छ। जसले चलचित्र, सङ्गीत र गेमिङमा स्पष्ट र समृद्ध ध्वनि अनुभव दिन्छ।
कलका क्रममा एक्टिभ न्वाइज क्यान्सलेसनले वरिपरिको अनावश्यक आवाज घटाई स्वच्छ कुराकानी सुनिश्चित गर्छ।
यसका अतिरिक्त, बिल्ट-इन एआई सहायकले एआई लेखन र एआई अनुवाद सुविधा प्रदान गरी बहुभाषिक सञ्चारलाई सहज बनाउँछ।
यस फोनमा टेक्नोको सिग्नल एड्भान्टेज टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले नेटवर्क कभरेज नपुगेको क्षेत्रमा पनि १.५ किलोमिटरसम्म सञ्चार सहयोग गर्न सक्षम रहेको कम्पनीको भनाइ छ।
स्पार्क ५० ४जी नेपालभर ६ जिबी र्याम+१२८ जिबी रोम भेरियन्टमा २६ हजार ९९९ रूपैयाँमा उपलब्ध छ।