फोनपेले आफ्नो प्रमुख महिला सशक्तिकरण अभियान 'सक्षम नारी' सफलतापूर्वक सम्पन्न गर्दै पुल्चोकस्थित स्क्वायर होटलमा मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
'सक्षम नारी' नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरणमार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको एक रूपान्तरणकारी पहल हो।
यो अभियान मार्च महिनाभर महिला सशक्तिकरणको अवसरमा सञ्चालन गरिएको थियो।
यस अभियानले महिलाहरूलाई क्रेडिट कार्डलाई केवल आपतकालीन भुक्तानी उपकरणका रूपमा नभई आफ्नो आकांक्षा, स्वतन्त्रता र वित्तीय आत्मविश्वासलाई सुदृढ गर्ने जीवनशैलीको महत्वपूर्ण हिस्सा रूपमा अपनाउन प्रोत्साहित गरेको बताइएको छ।
यो अभियान एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र मञ्जुश्री फाइनान्स लगायत छ वटा अग्रणी वित्तीय संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको थियो।
यस सहकार्यमार्फत सुरक्षित तथा सहज डिजिटल वित्तीय सेवाको प्रयोगलाई प्रवर्द्धन गर्दै महिलाहरूको डिजिटल भुक्तानी प्रणालीमा सहभागिता बढाउने लक्ष्य राखिएको थियो।
अभियान सफलतापूर्वक सम्पन्न भएको अवसरमा विशेष ज्वेलरी हस्तान्तरण समारोह आयोजना गरिएको थियो, जहाँ प्रत्येक सहभागी वित्तीय संस्थाबाट एक–एक जना गरी छ जना महिला विजेतालाई साजुना ज्वेलर्स (अभियानको आधिकारिक ज्वेलरी पार्टनर) द्वारा डायमण्ड ज्वेलरी प्रदान गरिएको थियो।
विजेताहरूमा लक्ष्मी सनराइज बैंक (केशरहिया, रौतहट) की नुतन साह, सिद्धार्थ बैंक (काठमाडौं) की बिनु गन्धारी, एभरेष्ट बैंक (भैंसेपाटी, ललितपुर) की रबिना सैंजू, कुमारी बैंक (ललितपुर) की बिष्णु माया लिम्बु, मञ्जुश्री फाइनान्स (धरान) की बिन्दु श्रेष्ठ, र गरिमा विकास बैंक (काठमाडौं) की अर्चना न्यौपाने रहेका छन्।
सक्षम नारी जस्ता अभियानमार्फत फोनपेले महिलाहरूलाई आवश्यक उपकरण, ज्ञान र अवसर प्रदान गर्दै नेपालको डिजिटल वित्तीय प्रणालीमा आत्मविश्वासका साथ सहभागी हुन सक्ने समावेशी अर्थतन्त्रको परिकल्पनालाई निरन्तर समर्थन गर्दै आएको बताइएको छ।