आज मंगलबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसर्थ, आज सुन प्रतितोला पाचँ सय रुपैयाँले बढेको हो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, ००:४२:००