नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर छ।
मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ।
मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।