नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ।
बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको छ।