स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ।
सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।