नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ स्थिर छ।
बिहीबार प्रतितोला पाँच हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ।
शुक्रबार प्रतितोला तीन हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।