बिद्यार्थीलाई व्याबहारिक ज्ञान दिने उद्येश्यले आयोजना गरिएको अनुसन्धान पद्धति बिषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम काठमाडौं विश्वबिद्यालय केमिकल साइन्स तथा इन्जिनियरिङ बिभागको संयोजनमा ब्रिस्टोल विश्वबिद्यालय बेलायतका बरिष्ठ बैज्ञानिक प्राध्यापक डा. रबिछन्त्याल पुनको नेतृत्वमा सम्पन्न भएको आयोजकले जनाएको छ। लोयला कलेज पुरानो बानेश्वर कक्षा १२ बिज्ञान संकायका बिद्यार्थीलाई प्रशिक्षण दिइएको हो।
यस्ता कार्यक्रमले बिद्यार्थीलाई व्यावहारिक ज्ञान दिनुका साथै ब्यक्तित्व बिकासमा समेत सहयोग गर्ने बताउँदै कलेजका अध्यक्ष प्राध्यापक डा. टिकाबहादुर कार्कीले विश्वबिद्यालयसंग कार्यक्रम निरन्तरताको संझौता गरेको आयोजकको भनाइ छ।