ललितपुरका विभिन्न स्थानमा २ दिनसम्म १२ घण्टा बत्ती जाने भएको छ।
पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइन अपग्रेडीङ कार्य गर्नुपर्ने भएकोले सोमबार र बुधवार विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले बताएको छ।
उक्त फिडरअन्तर्गत ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो।
कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अघि नै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।