विश्व बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहायता दिने भएको छ। नेपालको उच्च शिक्षाको सुधार, अनलाइन सिकाइको प्रवर्द्धन तथा शिक्षा र सिकाइमा पिछडीएका विद्यार्थीलाई समेट्नका लागि दिइने उक्त सहायता विश्व बैंकले स्वीकृत गरेको छ।
बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले नेपाललाई दिने ६ करोड डलर सहायता स्वीकृत गरेको छ।
'कोरोना महामारीले मानव पुँजीको महत्व झनै बढाएको छ' बैंकका नेपाल,बांगलादेश,माल्दिभ्स र श्रीलंका लागि प्रबन्धक रहेका फारिस हदाद जार्भोसले भनेका छन्' गुणस्तरीय उच्च शिक्षामा पहुँच बृद्धि गर्न र बजारको मागअनुसारको सीप विकासबाट नेपालको कोभिड-१९ पछिको पुनरुत्थानमा सहयोग पुग्ने छ।'
यो सहायता ऋण र अनुदान कति हो भनेर विश्व बैंकले प्रष्ट पारेको छैन।